काठमाडौँ उपत्यकामा आज ४२८ जना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज ४२८ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा आज ४२८ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३१६ जना, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ।

नेपालमा आज २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९०८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २९ हजार २७९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ४२ हजार ५३ जना र एन्टीजेन परीक्षणबाट ३६ हजार ७५५ जना पुगेको छ। 

आज ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।

आज १० हजार ५९६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ जनाको पीसीआर र १ लाख ९६ हजार ६९६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo