निरन्तरको वर्षासँगै सप्तकोशीमा पानीको वहाव बढ्यो, २४ वटा ढोका खुल्ला

निरन्तरको वर्षासँगै सप्तकोशीमा पानीको वहाव बढ्यो, २४ वटा ढोका खुल्ला

केन्द्रबिन्दु
0
Shares

विगत केही दिन यता सप्तकोशी नदीको वहावमा उतार चढाव आइरहेको छ। पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो। सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ। 

आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ। कोशी ब्यारेज कन्ट्रोलरुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन्। 

कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि भइरहेको छ। सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिलेसम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ। 

प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमनसमेत जारी रहेको बताएको छ। निरन्तर वर्षा भइरहेको हुँदा नदीको वहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ। 

Logo