युरोकपः बेल्जियमलाई स्तब्ध पार्दै इटाली सेमिफाइनलमा प्रवेश

युरोकपः बेल्जियमलाई स्तब्ध पार्दै इटाली सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम चारमा प्रवेश गरेको हो।

इटालीलाई जीत दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक, एक गोल गरेका थिए। यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए पनि यो जीतका लागि पर्याप्त भएन। 

जीतसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानसमेत बनाएको छ। अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। 

Logo