देउवानिकटका नेताहरु आन्तरिक छलफलमा

देउवानिकटका नेताहरु आन्तरिक छलफलमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा अहिले जारी छ।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत र एनपी साउद लगायतका नेताहरु सहभागी भएका बताइएको छ।

छलफल महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको कांग्रेस स्रोतले जनाएको छ।

आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन तय गरेको कांग्रेसका नेताहरु पछिल्ला केही दिनदेखि आन्तरिक छलफलमा व्यस्त छन्।

Skip This
Skip This
Logo