पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा संकलन भएको स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइएको छ। प्रतिनिधिसभाका निवर्तमान सांसद भट्टराईको समन्वयमा काठमाडौंमा संकलन भएको स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइएको हो।
ताप्लेजुङ पठाइएको स्वास्थ्य सामग्रीहरु करिब ५० लाख बराबरको रहेको बताइएको छ।
जस मध्ये अक्सिजन कन्सन्टेटर २१ थान, पिपिई ५०० थान, मास्क १० हजार पिस, सेनिटाईजर ५० लिटर, सुजकर्भर ५०० थान, चश्मा ५०० थान, टयाङकी स्प्रे १ थान रहेको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए।
उक्त सामग्री जिल्लाका सबै गाँउपालिकामा समानरुपले वितरण गर्न जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिने सचिव गुरागाईंले बताए। भट्टराईको समन्वयमा यस अघि पनि दुई पटक ताप्लेजुङका लागि स्वास्थ्य सामग्री पठाइएको छ।





























प्रतिक्रिया