साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक निती सार्वजनिक गरिने

साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक निती सार्वजनिक गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक निती साउनको पहिलो साता सार्वजनिक गर्ने तयारी थालेको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक निती साउनको ५ देखि ७ गतेभित्र ल्याउने तयारी गरेको राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले जानकारी दिएका छन्।

उनका अनुसार अहिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नितीका लागि सरोकारवालाहरुसँग आवश्यक रायसुझाव संकलन गर्ने काम भइरहेको छ। आगामी वर्षको मौद्रिक नितीमा कोभिड प्रभावितका लागि गत वर्षझैँ राहत प्याकेज आउने उनले बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेट गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरिसकेको थियो। बजेटको कार्यान्वयनलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक निती सार्वजनिक गर्ने गर्छ। 

Logo