ईश्वर पोखरेलको आरोप, ‘माधव नेपालको बोली र काम गराइ फरक छ’

ईश्वर पोखरेलको आरोप, ‘माधव नेपालको बोली र काम गराइ फरक छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको बोल्ने बोलाई र काम गराई फरक परेको आसय व्यक्त गरेका छन्।

उनले सामाजिक संजाल फेसबुक मार्फतः– पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गर्ने–त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई  प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !! भन्दै टिप्पणी गरेका छन्।

महासचिव पोखरेलको टिप्पणीको सार नेता नेपालले पार्टी एकता गर्नुपर्छ भन्ने धारणा पनि नछोड्ने र पार्टी विधान र नियम विपरीत कार्य गर्न अग्रसर रहिरहेको भन्ने छ।

पार्टी वरिष्ठ नेता माधव नेपाल र उनको समूहले विपक्षी गठबन्धनमा सक्रिय भएर पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा भएको रिटमा हस्ताक्षर गरेका थिए।

अहिले पनि सो मुद्दा सर्वोच्चमा विचाराधिन छ। अर्कातिर, एमाले पार्टीलाई एक बनाउने आधार भन्दै संस्थापन पक्षले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनु पर्ने अडान राखेको छ।

हस्ताक्षर फिर्ता लिन लगाउने र हस्ताक्षर फिर्ता कुनै हालतमा नलिने भन्ने लडाईंमा अहिले एमाले लागिरहेको छ।

Skip This
Skip This
Logo