साताको तेस्रो दिन आज सुनको मूल्य बढेको छ। आज सुन ३ सयले बढेको हो । आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो।
गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो। शुक्रबार ५ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९१ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज ५ रुपैयाा बढेको छ। चाँदी आज एक हजार ३३० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया