नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरीले खोलेको छ ।
सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेपछि कर्मचारीले शुक्रबारदेखि आन्दोलन शुरु गरेका थिए ।
उनीहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताला लगाएका थिए । तर मंगलबार प्रहरीले ताला खोलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो ।
ताला खोल्ने क्रममा प्रहरी र कर्मचारीबीच केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।





























प्रतिक्रिया