इटाली युरोकप-२०२० को फाइनलमा प्रवेश गरेको छ। गए राति भएको खेलमा स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा स्पेनका डानी ओल्मो र अल्भारो मोराटाको प्रहार गोल हुन सकेन। दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोकेका थिए भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन।
इटाली स्पेनसँग टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो।
यो जीतसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ।
यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
इटालीले इङ्ल्यान्ड र डेनमार्कबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।





























प्रतिक्रिया