सरकारको कुटनीतिक असफलताले कोभिडविरुद्धको खोप आउन सकेन: सांसद देव

सरकारको कुटनीतिक असफलताले कोभिडविरुद्धको खोप आउन सकेन: सांसद देव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्। अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले “सरकार किन फेल भयो?” भनी प्रश्न गरे।

राष्ट्रिय सभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे। ओलीले राष्ट्रिय सभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन्।

कमिसन एजेण्टहरुको घेराउमा सरकार
उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे। कमिसन एजेण्डले पैसा नपाएको कारणले कोभिशिल्ड खोप नआएको दाबी गरे।

उनले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गरे।

राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्ततः एउटा देशसँगको सम्बन्धमा गएर सिमित भएको दाबी गरे । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताए।

उनले बैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सिमित भएको दाबी गरे। उनले कोरोना महामारी  विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको बताउँदै आएपनि सरकारले प्रतिपक्षी दलहरुसँग कहिलेकाहीँ सहयोग नमागेको गुनासो गरे।

Skip This
Skip This
Logo