प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक छ: खिमलाल भट्टराई

प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक छ: खिमलाल भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन्।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, “राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं मेरो यो अनुरोध छ।” वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका काम कारवाहीको बचाउ गरे।

उनले कानून बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गरे।

उनले भने, “जुन प्रतिनिधिसभाले कानून बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र बैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संबैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ।”

उनले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो? भनी प्रश्न गरे। उनले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिए।

उनले भने, “म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।” उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे।

Logo