जसपाको विवाद निरुपणका लागि निर्वाचन आयोगमा इजलास गठन

जसपाको विवाद निरुपणका लागि निर्वाचन आयोगमा इजलास गठन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न इजलास गठन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको संयोजकत्वमा पाँच सदस्य इजलास गठन गरेको हो।

इजलासको सदस्यहरुमा निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्सेर जबरा रहेका छन्।

आयोगले साउन तीन गतेबाट विवाद निरुपण गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रबिन्दुलाई जानकारी दिएका छन्। जसपामा आधिकारिकता सम्बन्धी विवाद छ।

पूर्वराष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी गएको मंगलबारबाट एक भएर हिड्न नसक्ने, अलग अलग पार्टी गतिविधि गर्ने भनि दुबै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव)ले सहमति गरेपछि अहिले आधिकारिकता कसले पाउने भन्ने चासो छ।

आयोगले त्यही विवादको निरुपण गर्न इजलास गठन गरेको हो।

Logo