राप्रपामा तामाङको संयोजकत्वमा वार्ता समिति गठन

राप्रपामा तामाङको संयोजकत्वमा वार्ता समिति गठन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिसँग वार्ता गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेको वार्ता समिति गठन गरेको छ।  

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बुधबारको  बैठकले  उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको हो।

पार्टीले बुद्धिजीविसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा.यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरिएको केन्द्रीय सचिवालय सदस्य भास्कर भद्राले जानकारी दिए।

Logo