उपत्यकामा बढी भाडा लिइ यात्रु ठगी गर्ने १० जना पक्राउ

उपत्यकामा बढी भाडा लिइ यात्रु ठगी गर्ने १० जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुलाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिइ यात्रु ठगी गर्ने विरुद्द अझै सक्रियता बढाएको छ। ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट बुधबार मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ।

माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका वर्ष ३३ का लेखबहादुर गुरूङ, स्याङजाकै वर्ष १८ का सौगात सुनार, कास्की पोखराका वर्ष २३ का सन्तोष  सुनार, सिन्धुपाल्चोकका वर्ष २३ का विज्ञान माझी र धादिङका वर्ष २९ का निराजन सापकोटा पक्राउ परेका छन्। त्यस्तै कंलकीबाट धादिङका वर्ष ३३ का पूर्णबहादुर गन्द्रमा मगर, प्यूठानका वर्ष २६ का पदम गिरी, धनुषाका वर्ष २६ का रवी आले मगर, सल्यानका वर्ष २६ का खुमराज विक र नवलपरासीका वर्ष ३२ का दिपक काफ्ले पक्राउ परेका छन् । 

अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

उनले भने, “गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिँदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं।”

पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरीबृत्त, नयाँ बसपार्क र कंलकी बुझाइएको महाशाखाले जनाएको छ।

तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।

Logo