निर्णायक हुने भनिएको एमाले कार्यदल बैठक स्थगित, साँझ पुनः बस्ने

निर्णायक हुने भनिएको एमाले कार्यदल बैठक स्थगित, साँझ पुनः बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक साँझसम्मका लागि स्थगित भएको छ। 

आन्तरिक गृहकार्य गर्नका लागि भन्दै बैठक स्थगित भएको सहभागी नेताहरुले बताए । बैठक आजै साँझ सात बजे पुनः बस्ने बताइएको छ।

आज बैठक केहीबेर मात्र बसेको छ । बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन्।

गए राति एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वान टु वान भेटवार्ता भएपछि आजको बैठकलाई निर्णायक मानिएको छ।

गएको सोमबारदेखि दश सदस्य कार्यदल नियमित बैठकमा छ।

Logo