हाइटीका राष्ट्रपति जोभनेल मोइसको हत्यामा संलग्न अभियोगमा हाइटी प्रहरीले केही शंकास्पद ६ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जसमध्ये १ जना अमेरिकी नागरिक रहेकाे समाचारमा उल्लेख छ । साथै अन्य २ विदेशी पनि नियन्त्रणमा लिइएकाे उल्लेख गरे पनि प्रष्ट पारिएका छैन ।
सुरक्षाकर्मीको कारवाहीमा केही मारिएका बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको छैन ।
बुधबार बिहान आफ्नै निवासमा राष्ट्रपति मोइसको हत्या भएको थियो । उक्त घटनामा राष्ट्रपति मोइसकी श्रीमति मार्टिन गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यता, राष्ट्रपतिको हत्याको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा शान्ति सुरुक्षा कायम गर्न असफल भएको भन्दै सरकारको विरोधमा नाराबाजी पनि गरेको समाचारमा जनाइएको छ ।































प्रतिक्रिया