काठमाडौं उपत्यकामा आज ३८० संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३८० संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकामा ३८० जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २६१, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ।

नेपालमा आज २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ५९० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५२ हजार ८५९ जना र एन्टीजेन परीक्षणबाट ४२ हजार २२९ जना पुगेको छ। 

आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ।

आज ११ हजार ३१३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ३ हजार ४१० जनाको पिसिआर र २ लाख २७ हजार २०७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo