एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ। एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन्।
समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन्। नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ।
एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ। पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन्। यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ।
छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन्। एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ। उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ।































प्रतिक्रिया