भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ। शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश: १०० रूपैँयाँ ९१ पैसा र ८९ रूपैँयाँ ८८ पैसा (भारू) प्रतिलिटर कायम भएको छ। दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ।
अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ। महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँयाँ ४६ पैसा पुगेको छ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले भने, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र इन्धनको करलाई घटाउनु पर्ने देखिएको छ।”
मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ। यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँयाँ २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैँयाँ ६७ पैसा तोकिएको छ। त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँयाँ ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैँयाँ ९७ पैसा कायम भएको छ।
उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए। मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए।
उनले भने, “हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मानिरभर भारतको अवधारणा अनुरुप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्नेछौं।”
भारतमा इन्धनकाे मूल्यमा बृद्धि भएसँगै नेपाली बजार पनि प्रभावित हुने देखिएकाे छ।





























प्रतिक्रिया