निर्णायक भनिएको एमाले कार्यदलको आजको बैठक ढिलो गरि सुरु

निर्णायक भनिएको एमाले कार्यदलको आजको बैठक ढिलो गरि सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको विवाद निरुपण गर्न बनाइएको कार्यदलको आजको बैठक निर्धारित समयभन्दा ढिला सुरु भएको छ।

यस अघि आजै दिउँसो साढे २ र पछि ४ बजे बस्ने भनिएको बैठक केहीबेर अघि सुरु भएको हो।

केहीबेर अघिबाट बैठक बसेको कार्यदलका सदस्य सुवास चन्द्र नेम्वाङले बताए।

कार्यदलका नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका कारण बैठक ढिला भएको हो।
एमाले कार्यदलले विवाद निरुपणलाई अन्तिम रुप दिएको सदस्यहरुले बताएका छन्।

सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बसेको बताइएको छ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल पावर सेयरिङ र हस्ताक्षरको विषयमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन्। उनले पटक पटक यो विषय उठान गरिरहेका छन्।

यता अध्यक्ष केपी शर्मा ओली भने पावर सेयरिङ गर्ने पक्षमा छैनन् । एकताका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनै पर्ने अडानमा छन्।

Skip This
Skip This
Logo