सिन्धुपाल्चोकका बाढी प्रभावित परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने (भिडियोसहित)

सिन्धुपाल्चोकका बाढी प्रभावित परिवारलाई सरकारले ५० हजारका दरले राहत दिने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानियले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरि त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिएका छन्। यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएका छन्। 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केही दिनदेखि निरन्तर बसिरहेको नेकपा एमाले विवाद समाधान कार्यदलको बैठकले शनिबार पनि सहमतिको अन्तिम दस्तावेज सार्वजनिक गर्न सकेन। यद्यपि बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै विवाद समाधान कार्यदलका सदस्य गोकर्ण बिष्टले बैठक सकारात्मक भएको र भोलि नै सुखद् समाचार सुन्न पाइने बताएका छन्। यसअघि शुक्रबार झण्डै ८ घण्टा  भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए। तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा पुग्न नसकेको हो। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब, सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।  वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकाले आशन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्नै पर्ने उनको भनाइ छ। यसैबीच महामन्त्री शशांक कोइरालाले अब पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको नयाँ सरकार भ्रष्टचारउन्मुख भएको विपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ। विशेष गरेर १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको  र यो भ्रष्टचारमा मुद्दा हुने भएकाले यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने निर्वतमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङको आरोप छ। 

जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो हुन सफल भएको छ। शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो। लुइस डियाजले इन्ज्युरीमा गरेको निर्णायक गोलबाट कोलम्बियाले पेरुमाथि जित हात पारेको हो। अब, उपाधीका लागि आइतबार बिहान ब्राजिल र अर्जेन्टिना रोमाञ्चक प्रतिस्पर्धामा उत्रदैछन्। यी दुई टिमबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ भने विश्व फुटबलमा चर्चित दुई खेलाडी नेमार र मेस्सीको खेल हेर्नकै लागि भएपनि यो प्रतिस्पर्धा फुटबल पारखीहरूका लागि पखाईको विषय बनेको छ। 

Skip This
Skip This
Logo