माओवादी केन्द्रको वैधानिकतासम्बन्धी प्रश्न उठाएर दिएको निवेदनमा निर्वाचन आयोगले ‘केही गर्नु परेन’ भनेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र संवैधानिक र कानूनी शर्त पूरा गरेर दर्ता भएकोले उक्त दलको वैधानिकता रहेको भन्दै निवेदनउपर केही गर्न नपरेको बताए।
आयोगको यो ठहरसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको प्रष्ट भएको छ।
आयोगका प्रवक्ता श्रेष्ठका अनुसार आयोगको आज बसेको बैठकले वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएको निवेदन र दाबी दुवै खारेज गरेको छ।
अधिवक्ता सरोज बुढाथोकीसहितले माओवादी केन्द्रको वैधानिकताबारे निवेदनमार्फत् प्रश्न उठाएका थिए।
एमाले गएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टले माओवादी अवैधानिक भएको दावी गरेका थिए।































प्रतिक्रिया