नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको दाबी गरिएको आजको बैठक पनि निष्कर्षमा नपुग्ने देखिएको छ।
बैठक चलिरहेकै बेला कार्यदलका सदस्य माधवपक्षका नेता घनश्याम भुषाल बाहिरिएका छन् । उनी बानेश्वरस्थित एक होटलमा पुगेको स्रोतले जनाएको छ।
यस अघि आजै बैठक निष्कर्षमा पुग्ने नेताहरुले बताएका थिए । बिहान आठ बजेदेखि बसेको बैठक अहिलेसम्म निष्कर्षमा पुगेको छैन । उता अध्यक्ष केपी ओलीले स्थायी सदस्य बैठक बोलाएका छन् तर सो बैठकमा माधव नेपालपक्ष सहभागी भएका छैनन्।
विवाद समस्या समाधान गर्दै कार्यदलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने बताएको थियो।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको दाबी गरेका थिए।





























प्रतिक्रिया