एमालेभित्रको विवाद मिलाउन भन्दै सहमतिका लागि गएराति १० बुँदे प्रस्ताव अघि सारिएको छ । तर नएमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षरयथावत रहेको प्रष्टीकरण दिएका छन् ।
सर्वोच्चको संवैधानिक इजलासबाट फैसला आउने दिन भनिएको आज बिहान आफ्नो धारणा राख्दै नेता नेपालले सर्बोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दावी गरे ।
उने सामाजिक सञ्जालमा लेखेका छन-‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८































प्रतिक्रिया