अबको तीन दिन धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही दिनयता देशभर पानी परिरहेको र यो क्रम तत्काल रोकिने अवस्था नरहेको उनीहरुले बताएका हुन्। लगातार झरी पर्ने सम्भावना भने नरहेको तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन जारी रहने बताइएको छ।
बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको अनुमान छ।
अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ।
गएराति प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ। उता रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ भने डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा मापन गरिएको छ।





























प्रतिक्रिया