अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि आज काठमाडौं आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप १५ लाख बढी खोप आज नेपाल आएको हो। 

कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं पुगेको हो।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए।

सोही सुविधा अन्तर्गतको यो खोप आउन लागेको हो। एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिएको हो।

Logo