मनकामना लघुवित्तको आइपीओ वितरण, १९ लाख १७ हजारकाे हात खाली

मनकामना लघुवित्तको आइपीओ वितरण, १९ लाख १७ हजारकाे हात खाली

केन्द्रबिन्दु
0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ।आइपीओ बाँडफाँटमा गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने दुई भाग्यशालीले ११/११ कित्ता प्राप्त गरेका छन्।

संस्थाले गत असार १७ गतेबाट १०० रुपैयाँ अंकितदरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो। 

संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । आवेदन दिएकामध्ये १९ लाख १७ हजार बढी आवेदकको हात खाली भएका छन् ।

जसमध्ये कुल पुँजीको ० दशमलव ५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ। बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ।

Skip This
Skip This
Logo