संसदभित्र र बाहिर पनि एमाले एक ढिक्का रहने विश्वास छः योगेश भट्टराई

संसदभित्र र बाहिर पनि एमाले एक ढिक्का रहने विश्वास छः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको प्रतिनिधिसभाको पुनः स्थापना गर्ने आदेशको स्वागत गरेका छन्। 

बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तालाई संयम र धैर्यताकासाथ अघि बढ्न पनि उनले आह्वान गरेका छन्। 

‘हिजो भएको १० बुँदे सहमतिलाई इमान्दारिताकासाथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहनेछ भन्ने विश्वास ब्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

Logo