लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसलापछि सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै यस्तो प्रतिक्रिया दिएइका हुन्।
उनले सर्वोच्चले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि पोखरेलले दलीय प्रणालीमा आघात पुगेको टिप्पणी गरेका हुन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् ‘सूदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीले अस्थिरताको दुश्चक्र ब्यहोर्नुपर्ने भो।’
अदालतले आजै देउवाको पक्षमा फैसला सुनाउँदै २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।































प्रतिक्रिया