एसियाली खेलकुदको कुम्भमेलाको १४ औं संस्करण पाकिस्तानमा सन् २०२३ मार्चमा हुने भएको छ। साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो।
सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको राजधानी लाहोरमा हुनेछ। खेल फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि हुनेछ । यस्तै बैठकले सागको आयोजना हुने खेलस्थल निरिक्षण गर्न साउथ एसियन ओलम्पिक काउन्सिलका ओलम्पिक कमिटीलाई सन् २०२१ मा निमन्त्रणा गरिएको छ।
भर्चुअल बैठकमा पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष (साउथ एसियन ओलम्पिक काउन्सिल) का स्वतः अध्यक्षमा बसेको बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स तथा भुटान ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिवहरुको उपस्थिती रहेको थियो।
पाकिस्तानले दुई वर्ष अघि नै सन् २०२१ मा आयोजना गर्ने गरी नेपालबाट साग आयोजना अधिकारको झण्डा लगेको थियो तर, विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढेसँगै साग पनि मिति तय नहुदै अनिश्चित बनेको थियो। तालिका अनुसार हरेक दुई वर्षमा साग आयोजना हुनुपर्नेछ।
नेपालमा दुई वर्षअघि २०१९ मा आयोजना भएको १३ औं सागमा ऐतिहासिक पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण, ९६ रजत र ९७ कास्य गरी २०७ पदक जितेको थियो।
१३ औं सागको समापनपछि पाकिस्तानलाई १४ औं साग आयोजनाको लागि झण्डा हस्तान्तरण गरिएको थियो । नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सइद आरीफ हेसनलाई १४ औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए।





























प्रतिक्रिया