प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दुई विधेयक प्रमाणीकरण गरेका छन्।
उनले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी विज्ञप्तिमा उल्लेख छ।































प्रतिक्रिया