माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री बन्ने

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री बन्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा र पम्फा भुसाललाई पठाउने भएको छ। शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पहिलो चरणमा उनीहरूलाई सरकारमा पठाउने तयारी भएको बताए।

सरकारमा पठाउने नेताहरूबारे छलफलका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो बसेको थियो। माओवादीबाट सांसदहरू देबेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायत पनि आजै मन्त्री हुने चर्चा थियो।

तर, शर्मा र भुसाललाई माओवादीले सरकारमा पठाउने भएको हो।

यस्तै, माओवादी केन्द्रले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गर्ने भएको छ। प्रवक्ता श्रेष्ठले गठबन्धन सरकारलाई सहयोग गर्न र आवश्यक निर्देशन दिन भनेर संयन्त्रको आवश्यकता ठानिएको बताए। 

Logo