प्रधानमन्त्री देउवालाई चुक्ने सुविधा छैन : गगन थापा

प्रधानमन्त्री देउवालाई चुक्ने सुविधा छैन : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् । प्रधानमनत्रीलाई संविधान कार्यान्वयनको जिम्मेवारी र महामारी व्यवस्थापनको जिम्मेवारी मिलाएर लैजान आग्रह समेत गरे । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन,यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ। नवनियुक्त प्रम आदरणीय शेरबहादुर देउवालाई हार्दिक शुभकामना !’

Logo