प्रदेश नं. २ मा थप एक संक्रमितको मृत्यु

प्रदेश नं. २ मा थप एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश २मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत धनुषाको शहीदनगर नगरपालिका–१ का ७० बर्षीय वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असोज २० गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, सो अवधिमा ३१ महिलासहित १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये धनुषामा २८ , पर्सामा ११, बारामा १४ , महोत्तरीमा सात , रौतहटमा १८ , सप्तरीमा २५ ,सर्लाहीमा १४ र सिरहामा ४८ जना नयाँ सङ्क्रमित थपिएको हो । यस प्रदेश अन्तर्गतका क्वारेन्टिनमा ९९ जना बसेका छन् भने आइसोलेशनमा ५१२ र होम आइसोलेशनमा ४७५ जना रहेका छन् ।

Logo