गृह, अर्थ र उर्जा तीनै मन्त्रीद्वारा पदभार ग्रहण, कसले के भने ?

गृह, अर्थ र उर्जा तीनै मन्त्रीद्वारा पदभार ग्रहण, कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बुधबार पदभार ग्रहण गरेका छन्।

पहिलो चरणमा देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका चार मध्ये तीन जनाले आज पदबहाली गरेका हुन् भने, प्रधानमन्त्री देउवा र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार नै पदबहाली गरेको थिए।

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय समेत गरेका छन्। उनले पदभार ग्रहण गर्दै भने, ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ।’ त्यस्तै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका गरे।

त्यस्तै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभारग्रहणसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रया दिँदै कोरोना संक्रमणको जटिल अवस्थामा सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए।

अग्रपंक्तिमा खटिएर सक्रिय भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गर्दै उनीहरुलाई सरकारले प्रोत्साहन गर्ने र समयमै बजेट निकासा गर्ने बताए। 

फ्रन्टलाइनरको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले उनीहरुको उपचार र प्रोत्साहन समुचित हिसाबले राज्यले व्यवस्थापन गर्ने गृहमन्त्री खाँणको भनाइ छ।

यस्तै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पदभार ग्रहण गर्दै देश र जनताको सपना पूरा गर्न आत्मसाथ गरे लागे राम्रो परिणाम निकाल्ने सकिने बताएकी छिन्। उनले ‘जनताको छोरी हुँ, जनयुद्वबाट यहाँसम्म आएकी हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं,’ भन्दै  परिणाम निकाल्ने गरि काम गर्न सबैलाई निर्देशन समेत दिएकी छिन्।

काममा कुनै पूर्वाग्रह नराख्ने तर, परिणाममुखी काम निकाल्नुपर्ने उनको भनाइ छ। लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने पक्ष सुधारेर अघि बढ्न पनि उनको सुझाव छ। कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिने तथा, बिजुली बत्ती बाल्नै नपाउनेहरू पनि देशमा भएकाले उनीहरू सम्म बिजुलीको पहुँच पु¥याउनु पर्ने उनको धारणा छ।

नयाँ मन्त्रिपरिषद्ले पदबहाली सँगै हिजो अर्थात् मंगलबारनै पहिलो बैठक सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा बसेको थियो। मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय समेत गरेको छ।
 

Skip This
Skip This
Logo