प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन्। 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ मै पुगेर क्वात्राले बधाई तथा शुभकामना दिएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँदेखिकाे पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि क्वात्रालाई धन्यवाद दिएका थिए।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए।

Skip This
Skip This
Logo