आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो।
आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकाले देउवाले आज तय गरिएको पार्टी पदाधिकारी बैठक भने स्थगित गरेका छन्।
नयाँ सरकार गठन भएपछि औपचारिकरुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको यो दोस्रो हो । यस अघि सपथ लिएपछि साँझ बैठक बसेको थियो।





























प्रतिक्रिया