सरकारले साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाएको छ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए।
सर्वोच्चले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलासँगै साउन ३ गते ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो।
सोही आदेशअनुसार बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रवक्ता कार्कीले बताए। ८ जेठको बिहान २ बजे प्रतिनिधिसभा विघटन तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेपनि सर्वोच्चले पुनःस्थपाना गरेपछिको सरकारले पहिलोपटक बैठक बोलाउन आह्वान गरेको हो।































प्रतिक्रिया