प्रदेश नं २ः दुई विधेयक प्रमाणीकरण, दुई वटा फिर्ता

प्रदेश नं २ः दुई विधेयक प्रमाणीकरण, दुई वटा फिर्ता

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं २ का प्रमुख डा राजेश अहिराजले बिहीबार दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई  वटा फिर्ता पठाएका छन्।  

प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो। 

त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन्। डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo