आदेशविरुद्ध अमर्यादित गतिविधि भएकाेप्रति सर्वोच्च बारको ध्यानाकर्षण

आदेशविरुद्ध अमर्यादित गतिविधि भएकाेप्रति सर्वोच्च बारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालत बार एसोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसलालाई लिएर स्वतन्त्र न्यायपालिकामाथि गम्भीररुपमा आँच पुगेको जनाएको छ। 

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलालाई लिएर न्यायमूर्तिविरुद्ध भ्रामक हल्ला फिँजाइ अनास्था पैदा गरी स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको उल्लेख छ।
      
संविधान, प्रचलित कानून र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र आदेशविरुद्ध कुनै किसिमको अमर्यादित गतिविधि नगर्नसमेत सबैलाई आग्रह गरिएको छ।

Logo