बायर्न म्युनिख पराजित

बायर्न म्युनिख पराजित

केन्द्रबिन्दु
0
Shares

मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ।

शनिबाररातिको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

एमएस टेक्नोलोजी एरिनामा भएकाे खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

तर, २० औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए । २७ औं मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ५६ औं मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३-२ को जित दिलाए।

Logo