दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। दिउँसो ४ बजे संसद भवन बानेश्वरमा बैठक बस्ने भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले केही विधेयकहरू पेश गर्ने तयारी गरेको छ।
यस अघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधिसभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो। यस्तै अन्य नियमित कार्यसूची र शोक प्रस्तावहरु रहेका छन् ।
यस्तै आजै दिउँसो ४ बजे राष्ट्रिय सभाको पनि बैठक बस्दैछ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो।
दुवै बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। यसका लागि सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ।






























प्रतिक्रिया