देउवाको पक्षमा मत दिन एमाले नेतृ रामकुमारी झाँक्रीको अपिल

देउवाको पक्षमा मत दिन एमाले नेतृ रामकुमारी झाँक्रीको अपिल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्।

प्रधानमन्त्री देउवाले हतार गरेर आजै विश्वासको मत लिन संसद् सचिवालयलाई पत्रसमेत पठाएपछि एमाले माधव नेपाल पक्षकी युवा नेतृ झाँक्रीले मत दिने बताएकी हुन्। उनले सामाजिक संजालमार्फत प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफ्नो कर्तव्य हो भनेकी छिन्। 

सर्वोच्च अदालतको परमादेशपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो, झाँक्रीले भनिन्।

उनले एमालेले संस्थागत निर्णय नै गरेर देउवालाई मत दिउँ भन्दै अपिल पनि गरिन्।
सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ, झाँक्री लेखेकी छिन्।

तर, नेकपा एमालेले भने प्रधानमन्त्री देउवालाई मत नदिन ह्वीप जारी गरेको छ।
एमालेले मत हाल्ने नेताको हकमा कारवाही गर्ने चेतावनी दिएको छ।

Skip This
Skip This
Logo