चालु आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से ९७.२१ अंकले बृद्धि, सबै समूहमा हरियाली

चालु आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से ९७.२१ अंकले बृद्धि, सबै समूहमा हरियाली

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको पहिलो दिन नेप्से कारोबारमा हरियाली छाएको छ। गत आर्थिक वर्षमा रेकर्ड नै रेकर्ड राख्न सफल भएको शेयर बजारमा चालु आर्थिक वर्षको पहिलो दिनमै लगानीकर्ताको उत्साह देखिएको छ।

आइतबारको कारोबारमा नेप्से परिसूचक ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेर बन्द भएको छ। 

आज कारेबारमा आएका २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसामा कारोबार भएको छ । अन्य दिनको भन्दा आइतबार कारोबार रकमसमेत बृद्धि भएको छ। 

आइतबार कारोबारमा आएका मध्ये १९४ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै, उपसमूहतर्फ विकास बैंक ५.०५ प्रतिशत र वाणिज्य बैंक ४.७१ प्रतिशतले बढेको छ। जीवन बीमा कम्पनी ३.८० प्रतिशत, माइक्रोफाइनान्स ३.५९ प्रतिशत र म्यूचुअल फण्ड ३.३४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

आइतबार कारोबारमा आएका समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नगादी गु्रप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। आज मञ्जुश्री कम्पनीको ४० करोड ९९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नबिल बैंकको ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Logo