नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्।
समर्थन नै नगरिने भएपछि विश्वासको मत दिने कुरा नआउने बताए। पुनःस्थापित प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा बोल्दै उनले समर्थन गर्न र विश्वासको मत दिन अफ्ठ्यारो भएको बताए।
‘सभामुख महोदय ! प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कसरी समर्थन गर्ने होला? कसरी विश्वासको मत दिने होला? अफ्ठ्यारो स्थिति भयो’, ज्ञवालीले भने।
उनले सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी दलको रूपमा बस्दा दुःख नलागेको बताए।
तर, सर्वोच्च अदालतको फैसला भने अप्रिय भएको बताए। तैपनि विधिको शासन मान्ने पार्टी भएकोले फैसला मान्ने बताउँदै फैसलाले अन्य दललाई पनि समस्यामा पार्न सक्ने बताए।































प्रतिक्रिया