विरोध फेसन होइनः प्रदीप ज्ञवाली

विरोध फेसन होइनः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विरोध फेसन नभएको बताएका छन्। विरोध फेसनको रूपमा देखिएको भन्दै उनले एमालेले भने सरकारको हरेक कामको विरोध नगर्ने स्पष्ट पारे।

उनले केपी ओली नेतृत्वको सरकारले गरेको कामलाई निरन्तरता दिने देउवाको भनाइ स्वागतयोग्य रहेको बताए।

तर, कुनै पनि बहानामा उल्टाउने काम भयो भने सशक्त प्रतिपक्षीको भूमिकामा हुने र विरोध गरिने चेतावनी दिए।

प्रधानमन्त्री देउवाले दलहरूबीच सहमति, सहकार्य र समझदारी गर्दै अगाडि बढ्ने भन्नु राम्रो भएको बताउँदै देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वसको मत नदिइने दोहोर्याएका छन्।

प्रमुख विपक्षी दलको हैसियतमै बस्ने उनको भनाइ छ।

Logo