काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । तर सरकारल डा. केसीका माग पूरा गर्न गम्भिर नदेखिएको काफ्लेले बताए ।
सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताए ।
विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेरसहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विद्यार्थीहरु उपस्थित भएका थिए ,































प्रतिक्रिया