प्रधानमन्त्री पुगे खोप केन्द्रको अनुगमनमा: खोप सहजरुपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन

प्रधानमन्त्री पुगे खोप केन्द्रको अनुगमनमा: खोप सहजरुपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको स्थलगत निरीक्षण एवम् अनुगमन गरेका छन्। आज बिहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रमा स्थलगत अनुगमन गर्न पुगेका देउवाले खोप सहजरुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि दिएका छन्। 

मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप  अभियान आजदेखि देशका विभिन्न स्थानहरूमा सञ्चालन भएको छ । 

त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही क्रममा उनी आज बिहान नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी पुगेका हुन्।

Logo