आज देशभर सामान्यदेखि पुर्ण बदली रही केही स्थानहरुमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक हुँदा बिहानैदेखि पानी परिरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी / धेरै भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको सम्भावना रहेको छ।































प्रतिक्रिया